Hamro Sanchar

सुन तस्करीमा संलग्न एक चिनियाँ नागरिक पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ४ गते


Advertisement

काठमाडौं, साउन ४- बुधबार बरामद् भएको ठूलो परिमाणको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक भाग्न लाग्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको सय किलो सुन प्रकरणमा नाम जोडिएका चिनियाँ नागरिक जिक्वाङ लिन आज पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । उनी तिब्बत एयरबाट चीन भाग्न लागेको अवस्थामा प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ ।

उनलाई पक्राउ गर्नका लागि राजश्व अनुसन्धान विभागले अध्यागमन विभागलाई जानकारी गराएको थियो । अध्यागमनले विमानस्थल प्रहरीलाई दिएको सूचनाका आधारमा पक्राउ गरेको हो । प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट सय केजी सुन बरामद गरेको थियो ।

प्रतिकृया दिनुहोस्