काठमाडौं, साउन १- सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।
मालबहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको महानिर्देशक नारायणप्रसाद भट्टराइले बताए ।
हेर्नुहोस् सूची- 7ed36d03-b1b3-46b8-b807-154ba9fa7095_0