Hamro Sanchar

कागेश्वरी मनोहरा– ६ मा सरकारको लगानीमा खुल्यो मिट मार्ट

सुदिप बर्देवा प्रकाशित : २०८० असार, २६ गते


Advertisement

काठमाडौं, असार २६- काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर– ६ मुलपानी चौरमा सरकारको ५० प्रतिशत लगानीमा अत्याधुनिक मिट मार्ट खुलेको छ । सरकारको ससर्त ५० प्रतिशत अनुदानमा यो मिट मार्ट संचालनमा आएको हो ।

मंगलबार कागेश्वरी मनोहरा नगरपालिकाका उपमेयर शान्ता थापाले मार्टको उद्घाटन गरेकी हुन् । मिट मार्टमा खसी, कुखुरा तथा अन्य मासुजन्य बस्तुहरुको मासु पाईने बताईएको छ । मिट मार्टको नाम हईजेन कोल्ड स्टोर राखिएको छ ।


प्रतिकृया दिनुहोस्