Hamro Sanchar

पुलको बाटो घुमाउरो भन्दै छोटो बाटो जान खोज्दा खोलाले बगाएर किशोरीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ९ गते


दैलेख, असार ९- दैलेखमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँकी १६ वर्षीया उर्मिला कठायतको मृत्यु भएको हो ।

गएराति गहुँ पिस्न घट्टमा बास बसेकी ती किशोरी झोलुङ्गे पुलबाट घुमाउरो पर्ने ठानेर छोटो बाटोका लागि भूतगाढ खोला तर्न लाग्दा खोलाले बगाएको ठाँटीकाँध प्रहरीले जानकारी दिएका छन् ।

घट्ट नजिकैबाट खोला तर्न लागेकी ती किशोरीलाई खोलाले बगाएर झण्डै २ सय मटिर टाढा खोलाको किनारामा पुर्‍याएको थियो ।


प्रतिकृया दिनुहोस्