काठमाडाैं, जेठ ३२- द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका संस्थापक वसन्त लामाले बर्गर ग्रुपलाइ पब्लिक कम्पनी बनाउने घोषणा गरेका छन् । बुधबार काठमाडाैंकाे चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा आयाेजना गरेकाे बर्गर बिजनेस कन्फ्रेन्समा लामाले बर्गर ग्रुपलाई प्राइभेटबाट पब्लिक कम्पनी बनाउने तयारी रहेको बताएका हुन् ।
दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षसमेत रहेका लामाले केही सेयर सदस्यहरुले राखेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
कार्यक्रममा लामाले बर्गर हाउसले थोरै समयमा धेरै ब्रान्च स्थापना गरेको र देशको अर्थतन्त्र साथै नयाँ व्यवसायीलाई समयानुरुप नयाँ युगतिर लैजान सकेको बताए । उनले भने, ‘अब बर्गर हाउसमा थप परिमार्जन गरेर नयाँ स्वादहरू पस्किनेछ, धेरैजसो ब्रान्चहरूले अपायक लोकेसन भएपनि राम्रै कारोबार गरेर ब्यबसायिक सफलता हासिल गरेका छन् ।’
कतिपय ब्राञ्च कम्पनीकाे नीति नियम नमान्दा घाटामा गएकाे उनको भनाइ छ ।
द बर्गर हाउस हालसम्म देशभर १ सय ४८ वटा शाखा रहेका छन् भने हजाराैंले राेजगारी पाइरहेका छन् । यस्तै कम्पनीमा काम गर्ने कर्मचारीहरुले स्वास्थ्य बिमा, सन्जयकोष लगायतका सुबिधाहरु समेत पाउने गरेका छन् ।