Hamro Sanchar

गर्मीका कारण दुधौलीका बिध्यालयहरु एकसाताका लागि विद्यालय बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, २१ गते


सिन्धुली, जेठ २१- गर्मीका कारण दुधौलीका बिध्यालयहरु एकसाताका लागि विद्यालय बन्द भएका छन् । केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको हो । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।

नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए । हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए ।


प्रतिकृया दिनुहोस्