Hamro Sanchar

एकैदिन प्रतितोलामा यतिधेरै रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १६ गते


Advertisement

काठमाडौँ, जेठ १६- मंगलबार नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २ हजार ४०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्