Skip

Hamro Sanchar

तनहुँ १ मा २२ हजार मत गन्दा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ११ गते


तनहुँ । तनहुँ १ मा २२ हजार ३५८ मत गणना हुँदा रास्वपाका डा.स्वर्णिम वाग्लेले दोब्बर मतले अगाडि छन् । पछिल्लो अपडेट अनुसार वाग्लेले ११ हजार ४२८ मत ल्याएका छन् ।

उनलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४६५ मत ल्याएर पछ्याइरहेका छन् । दुईजनाबीच ४९६३ भोटको अन्तर छ ।
तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालको ३ हजार ७४८ मत ल्याएका छन् ।

अहिलेसम्म भानु नगरपालिका र आँबुखैरिनी गाउँपलिकाका १६ वडाको मतगणना सकिएको छ ।


प्रतिकृया दिनुहोस्