Hamro Sanchar

देउवाले बोलाए पदाधिकारीहरूको बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ९ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

नेताहरूले भने छलफलको विषयमा जानकारी नभएको तर सभापतिले बैठक बोलाएको बताएका छन् । ‘९स्३० बजे बैठकको लागि सभापतिले बोलाउनु भएको छ। छलफलको विषय केही भनिएको छैन। त्यही गएपछि थाहा होला, ‘ सह महामन्त्री बद्री पाण्डे भने ।

आइतबार मात्रै कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूको बैठक बसेको थियो । उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको बताएका थिए ।आजको पदाधिकारी बैठकमा पनि पछिल्लो राष्ट्रिय राजनीतिका बारेमा छलफल र समीक्षा हुने नेताहरूले बताएका छन् ।


प्रतिकृया दिनुहोस्