दोलखा, पुस १९- दोलखा जिल्लाको बैतेश्वर गाउँपालिकामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वोर गाउँपालिका वडा नम्बर-१ जलेश्वरका अन्दाजी २८ वर्षका बिक्रम तामाङ रहेका छन् ।
स्थानीयका अनुसार बा३ख ८८०७ नम्बरको ट्रक व्याक गर्ने क्रममा तामाङलाई किचेको हो ।
उनी जलेश्वर मन्दिरको सिँडि निर्माण गर्ने काममा खटिएका थिए । मृतक तामाङ सिँडि निर्माण उपभोक्ता समितिका सदस्य हुन् ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।