Skip

Hamro Sanchar

महान्यायाधिवक्तामा डा.दिनमणी पोखरेल नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १३ गते


काठमाडौं । नेपाल सरकारको कानुनी सल्लाहकारको रुपमा लिइने पद महान्यायाधिवक्तामा अधिवक्ता डा.दिनमणी पोखरेल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई नियुक्त गरेकी हुन् ।

प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का पोखरेललाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपतिले पोखरेललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनलाई संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।


प्रतिकृया दिनुहोस्