Skip

Hamro Sanchar

माओवादी नेता हरिबोल गजुरेलद्धारा उपराष्ट्रपति पद अस्वीकार

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १३ गते


काठमाडौं, पुस १३- नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पद अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले गजुरेललाई उपराष्ट्रपति प्रस्ताव गरेपछि उनले सो पद अस्वीकार गरेका हुन् ।

माओवादी भागवण्डामा उपराष्ट्रपति पद परेपछि प्रचण्डले गजुरेललाई प्रस्ताव गरेका हुन् ।

राजनीतिबाट विश्राम लिने सोचे नभएको र पार्टीको कुनै कार्यकारी पदमा गएर काम गर्ने सोच भएकाले आफुले उपराष्ट्रपति पद अस्वीकार गरेको बताएका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अवस्थामा राष्ट्रपति महिला भएमा उपराष्ट्रपति पुरुष हुन सक्ने व्यवस्था छ ।

राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा लगायत नेताहरूले इच्छा देखाएका छन् ।


प्रतिकृया दिनुहोस्