Hamro Sanchar

३ सीडीओको बैठक : चुनावको दिन उपत्यकामा बस नचल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, ३० गते


Advertisement

काठमाडौं । काठमाडौं उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निर्वाचन सुरक्षाबारे ३ प्रजिअको बैठक बसेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार बैठकले निर्वाचन आयोगको निर्णय अनुसार मंसिर ४ गते बिहान ४ बजेदेखि बेलुकी ७ बजसम्म उपत्यकामा आन्तरिक सवारी आवगमन बन्द गर्ने निर्णय गरेको छ । यद्यपि, आयोगबाट निर्धारित मापदण्ड अनुसारका अनुमति प्राप्त सवारीसाधनलाई भने हिँड्न दिइने छ ।

निर्वाचन लक्षित गरेर १ मंसिरदेखि ४ मंसिर राति १२ बजेसम्म तीन वटै जिल्लामा मदिरा ओसारपसार, विक्रीवितरणमा रोक लगाउने निर्णय पनि भएको उनले बताएका छन् । उपाध्यायका अनुसार निर्वाचनका बेला तिनै जिल्लामा खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवा सञ्चालनमै राख्न चाहिँ सबै जिल्लामा फोकल पर्सन तोकेर काम गर्ने निर्णय भएको छ ।

निर्वाचनका कारण १ र २ गते जिल्ला प्रशासन कार्यालयहरुले प्रदेशान गर्ने शान्ति सुरक्षा, विपद्, निर्वाचन र मुद्दाबाहेकका सेवा प्रवाह स्थगत गर्ने पनि निर्णय भएको उपाध्यायले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्