Hamro Sanchar

आफ्नै श्रीमतीलाई जेल हाल्ने फुर्वाविरुद्ध पक्राउ पुर्जी जारी, कहाँ छन् उनी ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, २६ गते


Advertisement

काठमाडौं, असोज २५- आफ्नै श्रीमतीलाई जेल हाल्ने भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर-१ बस्ने फुर्वा दोर्जे मोक्तानविरुद्ध भक्तपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

सिन्धुपाल्चोक पिपलडाँडा–८ स्थायी घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर–५ नयाँ वस्ती बस्ने ३८ बर्षिया भावना तामाङलाई विवाहको नाटक गरेर जेल हाल्ने मोक्तानविरुद्ध १६ दिनअघि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

मलेसियामा ब्यबसाय गर्दै आएका रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ फूलबारीका फुर्वा दोर्जे मोक्तान र जापानमा बस्दै आएकी भाबना तामाङबीच फेसबुकबाट प्रेम सम्बन्ध गाँसिएको र दुबैजना नेपाल आएर गत साल परम्पराअनुसार बिवाह गरेका थिए ।

जापानको पीआर होल्डर भावना कम्पनि संचालक पनि हुन् ।

उनका आफन्तहरुका अनुसार विवाह पश्चात् केही दिन बिताएपछि फुर्वाको अप्राकृतिक यौन क्रियाकलाप सहन गर्न नसकेपछि उनी टाढिंदै गइन् । फुर्वाको अप्राकृतिक यौन क्रियाकलापबाट आजित भएपछि भावना नेपालको बसाई नै छोट्याएर जापान फर्किएकी थिइन् । फुर्वाले आफूलाई पनि सँगै जापान लान दबाब दिए । तर, पछि बोलाउने आश्वासन दिएर उनी फुत्किन सफल भइन् । भावना जापान पुगेपछि फुर्वाले सामाजिक संजालमार्फत् हरेक दिन फोन गरेर जापान बोलाउन दबाब दिए । काममा भएको बेलासमेत फोन गरी प्रताडित गर्न थालेपछि उनले सामाजिक संजालबाट फुर्वालाई ब्लक गरिन् । त्यसलगत्तै फुर्वाले श्रीमतीविरुद्ध फेसबुक लगायत सामाजिक संजालमा विभिन्न पोष्टहरु राख्न थाले ।

आफ्नो चरित्रहत्या भएपछि गत बैशाख १२ गते नेपाल नेपाल फर्केकी भावना पक्राउ परिन् । उनले महिला अधिकारका बिषयमा काम गर्ने विभिन्न संघसंस्थाहरुमा उजुरी गरेकी छन् । उनि हाल पुर्पक्षका लागि थुनामा छिन् । तर फुर्बाले भावनालाई मानसिक तथा शारीरिक यातना दिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भए त्यसलगत्तै फरार भएका फुर्वा हालसम्म सम्पर्क बिहिन बनेका छन् । दशैँको टीकाको भोलिपल्ट आफै आत्मसमर्पण गर्ने भनेर प्रहरीलाई सन्देश पठाएका फुर्वा हालसम्म फेला परेका छैनन् ।

फुर्वाले बिना प्रमाण झन्डै डेढ करोड नगद, गरगहना र घर, जग्गासमेत भावनाले आफ्नो नाममा गरेर जापान गई सम्पर्क विहीन भएको भन्दै उजुरी गरेका थिए । भने आफु निर्दोष रहेको भन्दै बिभिन्न मिडिया, युट्युवहरुमा अन्तर्वार्ता दिँदै आएका थिए ।

उनि पक्राउ परेको खण्डमा को दोषी र को निर्दोष भन्ने पत्ता लाग्ने प्रहरी स्रोतले हाम्रोसंचारलाई बताएको छ ।


प्रतिकृया दिनुहोस्