Hamro Sanchar

जापानका लागि उडेको निगमको जहाजमा एक्कासी यस्तो भएपछि काठमाडौं फर्कियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, २९ गते


Advertisement

काठमाडौँ, भदौ २९- जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ आएपछि आधा घण्टामै जहाज काठमाडौं फर्किएको छ । कार्गो समान राख्ने ठाउँबाट धुँवा आएपछि १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाज काठमाडौं फर्किएको हो ।

गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाडौं फर्किएको हो । प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको छ ।


प्रतिकृया दिनुहोस्