Hamro Sanchar

एकै परिवारका तीन जनाको विभत्स हत्या, यस्तो अवस्थामा भेटिए शव

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १७ गते


Advertisement

उदयपुर, भदौ १७- उदयपुर बेलका नगरपालिका–७ मैनामैनी गोधाटारमा शुक्रबार ३ जनाको विभत्स हत्या भएको छ । गोधाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र उनीहरूका १२ वर्षका छोरा सुजन बस्नेतको हत्या भएको हो ।

घरबाट खेतीतर्फ जाँदै गरेका उनीहरुको दिउँसो साढे १२ बजे धारिलो हतियार प्रयोग गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो स्थानीयले तीन जनाको शव वादिङ खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शवहरू खोलाबाट निकालेको छ ।

हत्या लगत्तै फरार रहेका आरोपित ४० वर्षीय नरबहादुर बस्नेतलाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेस पोदारले जानकारी दिए । खेतबारीमा काम गर्न जादै गर्दा बाटोमा झगडा भएपछि नरबहादुरले खुकुरी प्रहार गरेका प्रहरीको भनाइ छ ।

घटनाको कारण बारे केही खुलेको छैन ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्