काठमाडौं, भदौ १०- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन डोजर लिएर राहदानी विभागमा पुगेका छन् ।
उनि शुक्रबार राहदानी विभागसम्म डोजर लिएर जाने र भोलिदेखि आफैं हिँड्ने योजना नभएकाे मेयर साहको सचिवालयले जनाएकाे छ । उनकाे सचिवालयका अनुसार ‘यो त एउटा राजनीतिक सन्देश हो, कतिपयले पपुलिज्म भनेजस्तो होइन ।’
डोजर लैजाँदा कतै संवेदनशील परिस्थिति देखापरेको अवस्थामा भने मेयर जान सक्ने मेयर साहकाे सचिवालयले जनाएकाे छ । कतिपय घरधनीहरुले महानगरकाे मेयर जस्तो पदमा बसेर विधि र प्रक्रिया मिच्न नहुने बताइरहेका छन् ।
विधि र प्रक्रियाको सम्मान गर्न खोज्दा नर्भिक अस्पतालमा ठूलै शक्तिको चलखेल देखिएकोतर्फ सबैले ध्यान दिन सचिवालयले अनुरोध गरेको छ ।