Hamro Sanchar

आफ्नै श्रीमानले बलात्कार गरेको भन्दै श्रीमतीले दिइन् प्रहरीमा उजुरी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १८ गते


Advertisement

बुटवल, साउन १८- रुपन्देहीमा बैबाहिक बलात्कार बिरुद्धको मुद्धा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन् ।

तिलोत्तमा नगरपालिका– १७ निवासी ती पुरुषविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलवार किटानी जाहेरी दिएकी हुन् ।

डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादकपदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् ।

सो अत्याचार बारे परिवारजन र आफन्तलाई जानकारी गराउँदा पनि वास्ता नगरेपछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छिन् । उजुरी लगत्तै सो बारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ ।

आफ्नै पत्नीलाईसमेत इच्छाविपरीत जबर्जस्ती करणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ ।


प्रतिकृया दिनुहोस्