चितवन, असार २२- चितवनमा चट्याङ लागेर १४ जना घाइते भएका छन् । बुधवार साँझ ६ बजे कालिका नगरपालिका ८ मझुवा स्थित कमला विकको खेतमा रोपाइँ गरिरहेको १४ जना चट्याङ लागेर घाइते भएका हुन् ।
रोपाइँ गर्दागर्दै पानी परेपछि उनिहरु स्थानिय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सो क्रममा हुरिवतास संगै पानीसंगै आएको चट्याङले उनिहरुलाई घाइते बनाएको थियो । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइते हुनेहरुमा चितवन कालिका नगरपालिका-८ की २१ बर्षिया रोजिना श्रेष्ठ, २० बर्षिया रोशी श्रेष्ठ, ३८ बर्षिया दिलकुमारी अधिकारी, २५ बर्षिया सुस्मिता श्रेष्ठ, २१ बर्षिया राधिका मिजार, १८ बर्षिया सिमा सुनार, २३ बर्षिया कमला वि.क., २५ बर्षिया संगिता सुनार, ३० बर्षिया अनिता तामाङ, ४३ बर्षिया अनु श्रेष्ठ, ३५ बर्षिया कमला कामी, २० बर्षिया लक्ष्मी मिजार, ४५ बर्षिया चिनामांया सुनार र १८ बर्षिया देवी बि.क. रहेका छन् ।
घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ ।