काठमाडौं। राष्ट्रसंघीय महासभाबाट १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विपद्ले गराएको क्षतिबारे टिप्पणी गरेका छन् । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताए । उनले भने, ‘काठमाडौंमा यति डुबान होला भन्ने कल्पना थिएन।’ ओलीले सञ्चारकर्मीसँग बोले लगत्तै जारी...
काठमाडौँ । अविरल वर्षासँगै गएको पहिरोले राजमार्गहरू अवरुद्ध हुँदा चार दिनदेखि रोकिएका गाडीहरू आजदेखि छुट्न थालेका छन् । काठमाडौँको नयाँ (गोङ्गबु) बसपार्क लगायत विभिन्न स्थानबाट केही बेरअघिदेखि सवारी साधनहरू गन्तव्यका लागि छुट्न थालेका हुन् । चार दिनदेखि निरन्तर सडक अवरुद्ध हुँदा एक हजारभन्दा बढी सवारी साधनमा यात्रुले टिकट काटेर पनि...
काठमाडौं। काठमाडौंबाट लमजुङ गइरहेको हायस नुवाकोटको शिवपुरीस्थित चापाकोटमा दुर्घटना भएको छ। नुवाकोट प्रहरी प्रवक्ता तिलक भारतीका अनुसार ग १ ख ४५२५ नम्बरको हायस सडकबाट डेढ सय मिटर तल खसेको थियो। दुर्घटनामा ११ जना घाइते भएका छन्। २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।...