Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रपतिमा निर्वाचनमा माओवादीको जोड : एमाले, कांग्रेससहितको राष्ट्रिय सहमति

January 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिका लागि हुने निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने बताएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बिहीवार बसेको स्थायी कमिटीको बैठकपछि सचिव देवेन्द्र पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेसँग राष्ट्रपतिबारे छलफल हुने बताएका हुन्।...बाँकी

गगन थापा भन्छन् : राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ

January 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै...बाँकी

घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिव बन्दै

January 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने तयारी गरेको छ। गत पुस २९ गते ‌औपचारीक रुपमा एकीकृत समाजवादीमा प्रवेश गरेका भुसाललाई पार्टीले महासचिवको जिम्मेवारी दिन लागेको हो। उनी सुरुमा सचिवालय सदस्यको जिम्मेवारीमा पार्टी...बाँकी

प्रचण्डको प्रतिबद्धता परीक्षण गर्न विश्वासको मत दियौं : कांग्रेस

January 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन्। नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले...बाँकी

अग्निप्रसाद सापकोटा माओवादीको उपाध्यक्ष बन्ने पक्का

January 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने भएको छ । सापकोटालाई उपाध्यक्ष बनाउनेगरी छलफल अघि बढेको एक स्थायी कमिटी सदस्यले बताएका छन् । ती नेताले भने, ‘उहाँलाई उपाध्यक्ष बनाउने विषयमा छलफल भइरहेको...बाँकी

माओवादीको स्थायी समिति बैठक बस्दै

January 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ । बैठकमा पार्टी संगठन विकास र विस्तार लगायतका समसामयिक विषयमा पनि छलफल...बाँकी

कर्णालीका नवनियुक्त ४ जना मन्त्रीले लिए शपथ

January 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त चारजना मन्त्रीहरूले पद तथा गोपनीयता शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले बुधबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै नेकपा माओवादी केन्द्रका कृष्णबहादुर...बाँकी

सरकार प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्ने

January 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यसबारे छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ । ‘उहाँले उठान गरेको विषय अध्ययन गरेर...बाँकी

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहर्दैमा

January 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा। आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा...बाँकी

नागरिकता विवादमा सर्वोच्चमा बहस : रवि लामिछाने नेपाली नागरिक होइनन्

January 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा। आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा सुरुमा रिट निवेदकको...बाँकी