आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

उपप्रधानमन्त्री सिंह भन्छन् : सबै दलसँग छलफल गरेर संविधान संशोधन प्रक्रिया अघि बढाउँछौं

December 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
बुटवल । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताएका छन् । संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको...बाँकी

नेपाल बहुजातीय र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक : सभापति देउवा

December 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभामा शुभकामना व्यक्त गर्नुभएको छ । प्रत्येक वर्ष डिसेम्बर २५ तारिखको दिन ‘क्रिसमस डे’...बाँकी

चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ : राष्ट्रपति

December 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वले विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने बताएका छन्। ‘क्रिसमस डे’ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै...बाँकी

एमालेको सचिवालय बैठक बस्दै

December 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक बस्ने एमालेले जनाएको छ । पूर्वनिर्धारित कार्यसूची अनुसार नै बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय...बाँकी

राप्रपाले सरकारविरूद्ध खबरदारी सभा गर्ने

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार ६ महिना नपुग्दै असफल भएको भन्दै खबरदारी सभा गर्ने भएको छ। मंगलबार राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर पार्टीको पक्षमा जनमत सिर्जना...बाँकी

सुरक्षाकर्मीसँग मिल्दो पोसाक र दर्ज्यानी चिह्न प्रयोग गरे कारबाही गर्ने गृहको चेतावनी

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग मेल खाने पोसाक तथा दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ पछिल्लो समय विभिन्न संघसस्था, निजी सुरक्षा संघहरूले आफ्ना कर्मचारीका लागि सुरक्षाकर्मीले प्रयोग...बाँकी

सहकारी ठगी प्रकरण : छविको बयान सकियो, रविको अझै सुरु भएन

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ । उनीसँग न्यायाधीश नितिज राईले बयान लिएका हुन् । सोमबारदेखि सुरु भएको छविको बयान मंगलबार...बाँकी

रवि-छविसहित ४ जनालाई अदालत उपस्थित गराइयो

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो । चार...बाँकी

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

December 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् । रास्वपाको आज बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए । सम्पत्ति शुद्धीकरण ऐनअनुसार...बाँकी

शेखर कोइरालाको आरोप : सभापति देउवाबाटै गुट फस्टाउने काम भयो

December 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसभित्र विचलन रहेको स्वीकार गरेका छन् । आज काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो स्वीकार गरेका हुन् । आफूलाई ४०र६०...बाँकी