Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

एसइईको नतिजा आजै सार्वजनिक हुने

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, असार २१- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को परीक्षा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ । आज बसेको बोर्ड बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्ड बैठकपछि पत्रकार सम्मेलन गरेर निर्णय...बाँकी

श्रीलंका भ्रमणमा रहेका अध्यक्ष नेपाल स्वदेश फिर्ता

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल श्रीलंकाबाट स्वदेश फर्किएका छन् । उनि बिहीबार मध्याह्न १२ बजे आइपुगेका हुन् । अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औँ स्थापना...बाँकी

प्रधानमन्त्रीको सचिवालयले भन्यो- भावनात्मक अभिव्यक्तिलाई बंग्याएर राजनीतिकरण गर्न खोजियो

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो अभिव्यक्तिबारे संसद्‍मा बोल्ने मौकासमेत नदिई एकपक्षीय रूपमा प्रचारप्रसार गरिएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले आपत्ति जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द...बाँकी

आज पनि एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले...बाँकी

उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा, असार २१- उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट आरोपमा माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले माछापुच्छ्रे गाउपालिका-८ का वडाध्यक्ष राम गुरुङलाई प्रकाउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उजुरीको आधारमा वडाध्यक्ष गुरुङलाई...बाँकी

हर्क साम्पाङलाई भेटेपछि नागरिक उन्मुक्ति पार्टी छाडिन् एलिजाले

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छन् । राजनीतिबाट बिदा लिएको घोषणा गरेकी उनले धरानका मेयर हर्क साम्पाङलाई १० वटा साबेल दिएर आगामी दिन समाजसेवामा...बाँकी

पर्यटनमन्त्रीले फेरि सोधे नागरिक उड्डयनका महानिर्देशकलाई स्पष्टीकरण, ३ दिनभित्र जवाफ माग

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोधेका छन् । यसअघि सोधेको पत्रको जवाफ दिन अस्वीकार गरेका महानिर्देशक अधिकारीलाई मन्त्रालयले दोस्रो पटक...बाँकी

एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २१- काठमाडौ‌ँको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । ललितपुर प्रहरी परिसर...बाँकी

सात दलको निष्कर्ष : प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु पर्दैन

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार २१- सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिबारे छलफल भएको छ । बैठकपछि नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यता विपरीत भएको बताए । उनले बैठकले प्रधानमन्त्रीले राजीनामा...बाँकी

गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु-छोराको मृत्यु, एक गम्भीर घाइते

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सल्यान, असार २१- सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै गुडिरहेको यात्रुवहाक बसमा बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा बिहीबार...बाँकी