आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

इजरायलले गर्‍यो लेबनानको राजधानी बेरुतमा आक्रमण

October 3, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं, असोज ३- लेबनानको आकाशमा ठूलो विस्फोट भएको भिडियो सार्वजनिक भएको छ । इजरायलले यो विस्फोट आफूले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमण भएको बताएको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि...बाँकी

सर्वोच्च अदालत आजदेखि बन्द, कहिले खुल्छ हेर्नुस्

October 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । सर्वोच्च अदालत आजदेखि बन्द हुने भएको छ। वडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो। आज एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको हो । विज्ञप्तिअनुसार घटस्थापना,...बाँकी

बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या २३३ पुग्यो (अपडेट)

October 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् । १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो...बाँकी

टी–२० सिरिजमा नेपाल ओमानसँग दोस्रो पटक पराजित

October 3, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा ओमानमाथि लगातार दोस्रो जित निकाल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडामा जारी टी-२० त्रिकोणात्मक सिरिजमा सुखद अन्त्य गरेको छ। बिहीबार बिहान सकिएको सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले ओमानमाथि ५६...बाँकी

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

October 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो,...बाँकी

कागेश्वरी मनोहरामा मनाइयो १५५औं विश्व अहिंसा तथा गान्धी दिवस

October 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असोज १६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा विश्व अहिंसा दिवस तथा १५५औँ महात्मा गान्धी जयन्ती मनाइएको छ । नगरपालिकाको वडा नम्बर ९ मा रहेको गान्धी आदर्श माध्यमिक विद्यालयमा नगरपालिकासहित  गान्धी आदर्श माध्यमिक विद्यालय, नेपाल-भारत मानव...बाँकी

निर्माण व्यवसायीलाई अर्थमन्त्रीको आश्वासन : चिन्ता नलिनु भुक्तानी हुनुपर्ने रकम चाँडै दिन्छौं

October 2, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम चाँडै भुक्तानी गरिने बताएका छन्। आज सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री पौडेलले निर्माण सम्पन्न भइसकेका आयोजनाहरूको...बाँकी

प्रस्तावित प्रधानन्यायाधीश राउतको प्रतिबद्धता : स्वच्छ, निष्पक्ष र गुणस्तरीय न्याय सम्पादन गर्नु मेराे प्रमुख दायित्व

October 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने बताएका छन् । आज संसदीय सुनुवाइ समितिसमक्ष आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रस्तावित प्रधानन्यायाधीश राउतले...बाँकी

नागरिक उड्डयनको कार्यालयमा अख्तियारले हान्यो छापा

October 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा छापा हानेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवनमा अख्तियारको टोली केही पुगेको थियो । उक्त भवन निर्माणमा अर्बौंको भ्रष्टाचार भएको उजुरीपछि...बाँकी

उमेर हद विवादले अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित

October 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको आज हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ । उमेर हद विवादको कारणले पक्ष विपक्षमा प्रतिनिधि तोडफोड उत्रिएपछि अध्यक्षमण्डलले बन्दसत्र स्थगित गरेको हो । आज रोकिएको बन्दसत्र भोलि १० बजेबाट...बाँकी