आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

केन्द्रीय कार्यसमिति बैठकमा देउवा आउने भएपछि सानेपामा सुरक्षा व्यवस्था कडा

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित पार्टी कार्यालयमा केही बेरमा सुरु हुँदैछ । बैठकअघि कार्यलय परिसरमा कडा सुरक्षा तैनाथि गरिएको छ। जेनजी आन्दोलनमा पिटिएका सभापति शेरबहादुर देउवा त्यसयता पहिलोपटक पार्टी बैठकमा सहभागी हुन...बाँकी

सुनको मूल्य ढाई लाख नजिक, एकै दिन ८१ सय रुपैयाँले बढ्यो

October 14, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्यमा आज उच्च वृद्धि भएको छ। सोमबार तोलामा ३ हजार रुपैयाँ बढेको सुनको मूल्य आज तोलामै आठ हजार एकसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य आज तोलाको दुई...बाँकी

सर्वोच्चमा आजबाट रिट र निवेदन दर्ता हुने

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले आजबाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको छ । सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित फुलकोटको आइतबार बसेको बैठकको निर्णयबाट मंगलबार ९आज०बाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको हो ।...बाँकी

हमासले विपिन जोशीको शव इजरायललाई दियो

October 14, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । गाजामा बन्धक बनाइएका नेपाली विपिन जोशीको शव हमासले इजरायललाई सुम्पेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इसराइललाई हस्तान्तरण गरेको हो। टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले सोमबार साँझ रेडक्रसमार्फत...बाँकी

पूर्वसभामुख महरामाथिको थुनछेक बहस आज

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरामाथिको थुनछेक बहस आज हुँदै छ । काठमाडौं जिल्ला अदालतमा महरामाथिको थुनछेक बहस हुन लागेको हो । थुनछेक बहसपछि अदालतले महरालाई धरौटीमा छाड्ने अथवा थुनामै राख्ने...बाँकी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा सभापति शेरबहादुर...बाँकी

विश्वकप छनोट : कतारविरुद्ध नेपालको रोमाञ्चक जित, सन्दीपले लिए ५ विकेट

October 14, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले कतारविरुद्ध चलाखी जित निकालेको छ। ओमानको अल एमिरेट क्रिकेट मैदानमा आफ्नो दोस्रो खेलमा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो। योसँगै नेपालले सुपर...बाँकी

ट्रम्पको सम्बोधनका क्रममा इजरायली संसद्‌मा ‘हंगामा

October 13, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । इजरायल र गाजाबीच भएको शान्ति सम्झौताको सफलतापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने घोषणा गरिएको छ । ट्रम्प यो सम्मान प्राप्त गर्ने पहिलो गैर–इजरायली नागरिक हुन् । यससँगै प्रधानमन्त्री...बाँकी

पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

October 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको अभियोगमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । उनी विरुद्ध भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित...बाँकी

विपिन जोशीको मृत्‍यु भएको हमासले गर्‍यो पुष्टि

October 13, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो । हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको...बाँकी