Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माओवादी स्थायी कमिटी बैठक आज पनि

August 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । यही साउन १६ गतेदेखि सुरु स्थायी कमिटी बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवम्...बाँकी

प्रधानमन्त्री ओली आज तुर्कमिनिस्तान भ्रमणमा जाँदै

August 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता हुन प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिनिस्तान जाँदै छन्। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति ११ः५५ बजे फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान...बाँकी

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

August 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको सहभागिताका...बाँकी

माधव नेपाललाई भव्य नेता ठानेको थिएँ, तल्लो स्तरको सोच रहेछ : झलनाथ

August 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपालप्रति आक्रोश पोखेका छन्। आफूलाई पार्टी छोडेर गएहुन्छ भन्ने अभिव्यक्ति दिएपछि आज पत्रकार सम्मेलन गर्दै उनले त्यसबाट आफूलाई दुःख लागेको बताए। ‘३२ सालदेखि...बाँकी

जनार्दनबारे वर्षमानले भने : बोलेको भरमा माओवादी फुट्दैन

August 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समाजवादी मोर्चामा आबद्ध भएकाहरूसँग एकता वार्ता भइरहेको बताएका छन्। जारी स्थायी कमिटी बैठकस्थल पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विचार मिल्नेहरूसँग एकता गर्ने पार्टीको एजेन्डा नै बनाएको बताए। उनले...बाँकी

नेपाल गरिब मुलुक होइन : शंकर पोखरेल

August 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्न सक्नुपर्ने बताएका छन् । रिटर्नी फेडेरेसन नेपालद्वारा केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापित नवयुग इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको शुभारम्भ गर्दै...बाँकी

देव गुरुङको आरोप : प्रधानमन्त्री ओलीबाटै वर्तमान शासन व्यवस्थामाथि खतरा

August 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान शासकीय प्रणालीमाथि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौती रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले व्यवस्थामाथि हरेक दिन आक्रमण गर्दै आएको...बाँकी

चक्कु प्रहार गरि कैलालीमा किशोरीको हत्या, एक जना पक्राउ

August 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनगढी । कैलालीमा एक युवतीको हत्या भएको छ । १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी हत्या भएको हो । बर्दगोरिया गाउँपालिका-३ घर भएकी उनी सो पालिकाको वडानम्बर १ मा रहेको राजधानी सेकुवा एण्ड...बाँकी

देउवाले सबै दलका नेतालाई घरमै चिया बोलाएर छलफल गर्नुपर्छ : शेखर कोइराला

August 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबैको अभिभावक हुन सुझाव दिएका छन् । नेपाली कांग्रेस विराटनगर–४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता...बाँकी

मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध

August 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग अवरुद्ध भएको हो । गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी...बाँकी