Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

संसद्प्रति मन्त्रीहरू जिम्मेवार भएनन् : योगेश भट्टराई

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले संसद्प्रति मन्त्रीहरू जिम्मेवार नभएको भन्दै आपत्ति जनाएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले आपत्ति जनाएका हुन् । एकैपटक १० मन्त्रालयमाथिको छलफल गर्नुपर्ने स्थिति आउनु संसद्प्रति मन्त्रीको...बाँकी

प्रधानमन्त्री भन्छन् : योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगको सम्बन्ध इजरायल र इरानबीच अहिले चलिरहेको द्वन्द्व अन्त्य होस् भन्ने कुरासँग सम्बन्धित रहेको बताएका छन् । शनिबार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी

रास्वपा र राप्रपाले गर्‍यो आज पनि सदन अवरोध

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक र छानबिन समितिको माग गर्दै सदन अवरोध गरेका हुन्। बैठकको सुरुआतमा बोल्दै रास्वपा सांसद सुमना...बाँकी

चितवनमा बस र माइक्रो ठोकिँदा ७ जनाको मृत्यु, १८ घाइते

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा बस र माइक्रो ठोकिँदा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१-०१-००१ख ३५८३...बाँकी

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदै आएको बताएका छन्। अन्तराष्ट्रिय योग दिवसको...बाँकी

योग अभ्यासले शारीरिक र मानसिक स्वास्थ्यलाई एकसाथ समृद्ध बनाउँछ : प्रचण्ड

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले योग अभ्यासले व्यक्तिगत स्वास्थ्य र सामाजिक चेतनाको विकाससँगै आत्मानुशासन, सन्तुलन र शान्तिको मार्गमा डोर्‍याउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । विश्व...बाँकी

रास्वपा महामन्त्रीको जिम्मेवारी वुर्लाकोटीलाई, मनिष झा प्रवक्ता

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ । तेस्रो स्थापना दिवसको उपलक्ष्यमा आज बसेको केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्री वुर्लाकोटीलाई कार्यवाहकबाट हटाएर महामन्त्री बनाएको प्रवक्ता मनिष झाले बताए । निर्वाचन...बाँकी

कांग्रेसले प्रधानमन्त्री बनिदिन गरेको आग्रह नमान्दा दण्डपूर्वक जेल हालियो : रवि

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भैरहवा कारागारबाट २० पृष्ठको अपिल प्रकाशित गर्दै आफूलाई षड्यन्त्र र प्रतिशोधपूर्वक कैद गरिएको भन्दै जनताबाट न्याय मिल्ने विश्वास व्यक्त गरेका छन् । उनले रास्वपाले संसदमा, अनि विगतमा सरकारमा खेलेको...बाँकी

मन्त्री यादवको दाबी : अब काठमाडौं उपत्यकामा खानेपानीको अभाव हुँदैन

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले अब काठमाडौँ उपत्यकावासीका घरघरमा २४ सै घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने दाबी गरेका छन् । आज बूढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको उद्घाटन तथा काठमाडौं उपत्यका...बाँकी

ग्वार्को ओभरपासको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

June 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उपत्यकाको चक्रपथ सडकअन्तर्गत ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन गरेका छन्। योसँगै ट्राफिक जामको सास्तीबाट सर्वसाधरणले राहत पाउने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत...बाँकी