Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

एमालेबाट निकालिएपछि नयाँ पार्टी खोल्ने हल्लाका बिच  पत्रकार सम्मेलन गर्दै भीम रावल

January 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । एमालेबाट निष्कासनमा परेका डा.भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका...बाँकी

आजबाट इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु

January 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को बिदाइ र नयाँ वर्ष...बाँकी

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

December 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राईलाई नियुक्त गर्नुभएको हो । सभामुख देवराज घिमिरेको सिफारिशमा झापाको शिवसताक्षी नगरपालिका–२ का राईलाई राष्ट्रपतिले सचिव पदमा आज नियुक्त गर्नुभएको...बाँकी

विप्लव भन्छन् : माओवादी गम्भीर नभएसम्म एकता हुँदैन

December 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र) सँग एकता नहुने बताएका छन् । मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै महासचिव चन्दले एकताको विषयलाई...बाँकी

फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने

December 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ । विद्युत् अभावमा...बाँकी

सिटौलाकाे दाबी :  प्रधानमन्त्री ओली भए पनि नीतिगत नेतृत्व कांग्रेसकै छ

December 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्व नेकपा एमालेले गरिरहेको भए पनि नीतिगत नेतृत्व भने आफ्नै दलले गरिरहेको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान...बाँकी

ट्याक्टरमा मोटरसाइकल ठोकिँदा २ जना युवकको मृत्यु

December 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सर्लाही । सर्लाहीको बरहथवामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। नयाँरोड-मधुवनी सडकखण्ड अन्तर्गत बरहथवा नगरपालिका-९ मूर्तियामा गएराति उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब...बाँकी

बैतडीमा बिहानै भूकम्पको धक्का

December 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । बैतडीमा भूकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर...बाँकी

इटहरी उपमहानगरपालिकाको गेटमा शंकास्पद वस्तु फेला

December 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
विराटनगर । सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको हो । उपमहानगरपालिका अगाडिको भेटिएको शंकास्पद वस्तु निष्क्रिय बनाउनका लागि नेपाली...बाँकी

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

December 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
तुलसीपुर । लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदै छ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो । प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी...बाँकी