Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन् । आगो...बाँकी

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले जेनजीले गरेको हिजोको प्रदर्शनमा भएको विरोधमा भएको दमनप्रति आक्रोश व्यक्त गर्र्दै राजीनामा दिएका छन् । देश निर्माण गर्न सहकार्य गर्नुपर्ने...बाँकी

आफू निकट मन्त्रीलाई  चीनबाट शेखरको फोन : सरकारको औचित्य समाप्त भयो, राजीनामा दिनु

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका डा. कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् । कोइरालाले वर्तमान सरकारको...बाँकी

गगन भन्छन्  : एक दिन पनि सरकारको साझेदार हुन सकिंदैन

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुँदैन, रहन सक्दै नसक्ने उल्लेख गरेका छन्...बाँकी

भक्तपुरमा पनि कर्फ्यु लाग्यो

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कर्फ्यू आदेश जारी गरेको छ । मंगलबार बिहान ८:३० बजेदेखि अनिश्चिकालिन कर्फ्यू आदेश जारी गरिएको छ । भक्तपुर जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, भक्तपुर नगरपालिकाभित्र आवत जावत, भेला, जुलुस, प्रदर्शन,...बाँकी

हाम्रा साथी फिर्ता दे सरकार भन्दै संसद् भवन अगाडि बिहानै जेनजीको नाराबाजी

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं सोमबारदेखि तनावग्रस्त छ । सोमबार काठमाडौंमा जेनजीको आन्दोलनमा प्रहरी दमनका कारण कम्तिमा पनि १७ जनाको मृत्यु भएको छ । इटहरीमा दुई गरी हिजोको आन्दोलनमा जम्मा १९ जनाको मृत्यु भएको छ । राति...बाँकी

प्रचण्डले बोलाएको विपक्षी दलको बैठक : रास्वपा नजाने

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गरेको विपक्षी दलको बैठकमा विपक्षी अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी नहुने भएको छ । प्रचण्डले माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा...बाँकी

ललितपुरका विभिन्न स्थानमा पनि बिहानैदेखि कर्फ्यु

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
ललितपुर । स्थानीय प्रशासनले आज बिहानैदेखि ललितपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सूचना जारी गर्दै आज बिहान सात बजेदेखि राति १२ बजेसम्मको लागि चार किल्ला तोकेर...बाँकी

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्रभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश जारी...बाँकी

चक्रपथ क्षेत्रभित्र कर्फ्यु

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल...बाँकी