Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्रभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश जारी...बाँकी

चक्रपथ क्षेत्रभित्र कर्फ्यु

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल...बाँकी

आन्दोलनमा घुसपैठका कारण अप्रिय घटना भयो : प्रधानमन्त्री ओली

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन्। उनले प्रदर्शनमा नागरिकको ज्यान गएको घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन्। सोमबार एव वक्तव्य...बाँकी

ओलीप्रति बालेनको आक्रोश : साँच्चै नै बा हुन पाए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्, त आतंकवादी होस्

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सोमबार जेन-जी आन्दोलनमा सरकारले दमन गर्दा २० जना युवा मारिएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर)बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी ओलीलाई ‘आतंकवादी’को संज्ञा दिएका छन्। उनले सोमबार मध्यराति फेसबुकमा स्टाटस लेखेर प्रधानमन्त्री ओलीप्रति तीव्र आक्रोश व्यक्त...बाँकी

सामाजिक सञ्जाल आजै रातिदेखि खोल्ने निर्णय गर्नु भन्दै ओलीलाई देउवाले गरे फोन

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बैठकबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर आजै रातिदेखि सामाजिक सञ्जाल खोल्ने निर्णय गर्न आग्रह गरेका छन्। गत बिहीबारदेखि सरकारले सूचीकृत नभएको भन्दै सरकारले फेसबुक एक्ससहितको...बाँकी

अराजकता मच्चाउनेहरूको चाहना पूरा हुँदैन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खुल्दैन- ओली

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए ।...बाँकी

भोलि काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
  काठमाडौं । काठमाडौं उपत्यकाका निजी विद्यालयहरु भोलि बन्द हुने भएका छन् । आज जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरुले भोलि एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । साना तथा ठूला...बाँकी

गृहमन्त्री लेखकले दिए राजीनामा

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा...बाँकी

गृहमन्त्रीले राजिनामा दिने : भने नैतिकताका आधारमा पदमा बस्दिनँ

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् । आज साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । कांग्रेसका एक पदाधिकारीका अनुसार, उनले...बाँकी

जेनजी प्रदर्शन : देशभर १९ जनाको मृत्यु, ३४७ घाइते (अपडेट)

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७...बाँकी