
९ बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवशको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
पार्टी केन्द्रीय कार्यलय सचिव ड.भिष्म अधिकारीका अनुसार दिउसो दुई च्यासलमा आयोजना गरिने ७७ औं स्थपना दिवशको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्।
ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरु समेटिने एक नेताले बताए। अध्यक्ष ओलीलाई चैत १४ गते सरकारले गिरफ्तार गरेर चैत २६ गते रिहा गरेको थियो।
अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरीयाको शल्यक्रिया गरेर बैशाख ५ गते घर फर्केका हुन् । स्वास्थ्य लाभ गरिरहेका ओलीले पार्टी स्थापना दिवशका दिन नेता कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन्।
कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकामा रहेका पार्टी केन्द्र,जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकहरुलाई आग्रह गरिएको छ ।
नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल बैशाख ९ गते नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गरिएको थियो ।














