Skip

Hamro Sanchar

गाउँपालिका अध्यक्षसहित ३ जनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १६ गते


बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशरण चौधरीसहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ ।

अध्यक्ष कमलेशरणसहित सरकारी वकिल कार्यालयले राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध सामूहिक बलात्कार मुद्दा दर्ता गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले भैरहवा–१५ु नाम परिवर्तनको जाहेरीका आधारमा मुद्दा अघि बढाएको हो ।

मुद्दा दर्तासँगै चौधरीको पदसमेत संकटमा परेको छ । यस प्रकरणमा सन्तकुमार भने हाल थुनछेकका लागि कारागारमा छन् । घटनाबारे पीडितले २०८१ असोज ६ गते किटानी जाहेरी दिएकी थिइन् ।

यता, अध्यक्ष चौधरीले आरोप अस्वीकार गर्दै आफूलाई फसाइएको दाबी गरेका छन् र कानुनी लडाइँ लड्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस्