Skip

Hamro Sanchar

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १ गते


काठमाडौं । कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन् ।

कुवेतको वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी)भएर कुवेतमा बसोबास गर्ने नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने भएका हुन् ।

कुवेतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कुवेती सिभिल आईडी भएका नेपालीले अनलाइनमार्फत साउदी भिसाको लागि आवेदन दिन सक्ने जनाएको छ ।

भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने दूतावासले जनाएको छ ।

साउदी भिसाका लागि अनलाइन मार्फत आवेदन दिन अनुरोध गरिएको छ।

मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने नेपालीका लागि उक्त व्यवस्था मिलाइएको हो ।

 

 


प्रतिकृया दिनुहोस्