Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कतारमा रहेका नेपालीलाई दूतावासको अनुरोध : घर फर्किन चाहेमा सम्पर्क गर्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ३० गते


Advertisement

काठमाडौं । मध्यपूर्वको तनावका कारण घर फर्किन चाहने कतारमा रहेका नेपालीलाई राजदूतावासले सम्पर्क गर्न अनुरोध गरेको छ।

कतारको दोहास्थित नेपाली राजदूतावासले शनिबार विशेष अनुरोध जारी गर्दै घर फर्किन चाहेमा सम्पर्क गर्न भनेको हो। राजदूतावासको सूचनामा कतारमा रहेका वैध आवासीय अनुमतिपत्र (कतार आईडी)भएका नेपाली नागरिकले साउदी अरबका विमानस्थल हुँदै घर फर्किने व्यवस्था गरिएको जनाइएको छ।

यसका लागि दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिनका लागि ‘अपोइन्टमेन्ट बुक’ गर्न राजदूतावासले अनुरोध गरेको छ। यो सेवा केन्द्र एजदान मल (अल घराफा)मा रहेको जनाइएको छ ।

 


प्रतिकृया दिनुहोस्