Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

यूएईस्थित दूतावासले भन्यो– भ्रम फैलने भिडियो पोस्ट नगर्नू, गरे कारबाही

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १७ गते


Advertisement

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई भ्रम फैलने किसिमका तस्बिररभिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ ।

“यहाँको सुरक्षा स्थितिको बारे भ्रम फैलिने किसिमले तस्बिररभिडियो खिची पोस्ट नगर्न यूएईमा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरिएको छ,” दूतावासले जारी गरेको ‘एड्भाइजरी’मा भनिएको छ, “यस्ता कार्य कानुनबमोजिम दण्डनीय हुने चेतावनी यूएईका अधिकारिक निकायबाट जारी भएको छ ।”

इरानले यूएईस्थित अमेरिकी सैन्य बेसमा आक्रमण गरेको तस्बिररभिडियो जथाभावी पोस्ट गरिएपछि दूतावासले यस्तो आग्रह गरेको हो । यूएईमा हाल करिब सात लाख नेपाली कार्यरत छन् ।

दूतावासले यूएईमा विकसित परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जाल वा अरू कुनै पनि प्राविधिक माध्यममार्फत अज्ञान स्रोतबाट आएका हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामाग्री प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस्