
काठमाडौं । कतारले त्यहाँका विभिन्न जेलमा रहेका १३ नेपाली कैदीलाई आममाफी दिएको छ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी कतारको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा १३ नेपाली कैदीलाई आममाफी दिएको जानकारी गराएको हो।
त्यसका लागि नेपाल सरकारले कतारप्रति आभार प्रकट गरेको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कतारको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा १३ जना नेपाली कैदीलाई आममाफी प्रदान गरेकामा कतार सरकारप्रति नेपाल सरकार हार्दिक आभार व्यक्त गर्दछ। मानवीय आधारमा दिइएको माफीलाई मन्त्रालय उच्च महत्त्व दिन्छ। यो नेपाल र कतारबीच रहेको गहिरो मित्रता र स्नेहको प्रमाण हो।’
आममाफी पाएका १३ नेपालीका विषयमा भने परराष्ट्र मन्त्रालयले थप जानकारी केही पनि दिएको छैन ।

















