Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अन्ततः पुस २६ देखि २८ सम्म हुने भयाे कांग्रेस महाधिवेशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १५ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।

सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो।

केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ।

पटकपटक स्थगित भएको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। विशेष कि नियमित महाधिवेशन भन्नेमा विवाद हुँदा लम्बिएको लम्बिएको थियो।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तमा नियमित महाधिवेशन गर्ने गरी तालिका पेस गरेका हुन् ।


प्रतिकृया दिनुहोस्