Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पुसमै महाधिवेशन गर्ने गरी तालिका ल्याउन संस्थापन पक्ष तयार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १५ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्ष पनि पुसभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउन सहमत भएको छ।

सभापति शेरबहादुर देउवा भेट्न पुगेका असन्तुष्ट नेताहरू पनि सहमत भएपछि आजको बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ल्याउने तयारी गरेपछि असन्तुष्ट पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्ण सिटौलासहित नेताहरू देउवा भेट्न पुगेका थिए।

तर देउवाले नेताहरूले खड्काले ल्याएको प्रस्तावमा सहमति जनाएर जान निर्देशन दिएपछि स्वीकारे अघि बढ्न तयार भएको एक नेताले बताए


प्रतिकृया दिनुहोस्