Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले सर्वोच्चमा दियो निवेदन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ९ गते


Advertisement

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ।

असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरिएको जिकिर गर्दैै एमालेले आज रिट दिएको एमाले नेता महेश बर्तौलाले जानकारी दिएका छन् ।

उनका अनुसार एमाले संसदीय दलको तर्फबाट प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट निबेदन दिएको हो। विघटित प्रतिनिधि सभामा एमालेका मुख्य सचेतक रहेका बर्तौला र सचेतक सुनिता बरालले निवेदन दिएका हुन्।

गत मंगलबार बसेको विघटित प्रतिनिधि सभा संसदीय दलको बैठकले एमालेका सांसदहरूको हस्ताक्षर लिएर विघटनविरुद्ध सर्वोच्चमा जाने निर्णय गरेको थियो।

एमालेले विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनर्स्थापनाको माग गरिरहेको छ भने फागुन २१ गते तोकिएको चुनावको विरोध गरिरहेको छ।


प्रतिकृया दिनुहोस्