Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जेनजी विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २५ गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जेनजी व्रिदोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै नचेतेको टिप्पणी गरेका छन्। मधेश प्रदेशले मुख्यमन्त्रीलाई होटेलमा शपथ गराएपछि उनले यस्तो बताएका छन्।

उनले भनेका छन्, ‘हिजो मधेस प्रदेशमा तत्कालीन प्रदेश प्रमुख मार्फत एक होटेलमा जुन प्रकारले कथित मुख्यमन्त्रीलाई शपथ गराइयो, यसले के स्पष्ट गर्दछ भने राजनीतिक पार्टी र नेताहरू यत्रो जेनजी विद्रोह पछि पनि चेतेका छैनन्।’

जेनजी विद्रोहको एउटा प्रमुख मुद्दा राजनीति र राजनीतिक पार्टीहरूको शुद्धीकरण र रूपान्तरण नै भएको बताए।

उनले थपेका छन्,‘यो कुरालाई लत्त्याएर अघि बढ्न खोज्ने प्रवृत्ति प्रमुख राजनीतिक पार्टी र नेताहरूमा अहिले पनि विभिन्न घटनाहरूमा देखिएका छन्, जुन ज्यादै घातक छ ।’

जेनजी आन्दोलनकारी र यो विद्रोहको सकारात्मक पक्षलाई समर्थन गर्ने सबैले पुनः एक पटक राजनीतिक पार्टीहरूको शुद्धीकरण तथा रूपान्तरणको मुद्दालाई सार्थक एवं परिणाममुखी बनाउन जोडदार रूपमा आवाज उठाउनु पर्ने उनले बताए।

 


प्रतिकृया दिनुहोस्