Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मधेस प्रदेश प्रमुखमा कर्ण सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २४ गते


Advertisement

काठमाडौं । सरकारले मधेस प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि सिफारिस गरेको छ।

आज साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेस मामलाका जानकार कर्णलाई प्रदेश प्रमुख पदमा नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

मधेस प्रदेशको मुख्यमन्त्रीमा विवादस्पद निर्णय गरेकी प्रदेश प्रमुख सुमीत्रा भण्डारी सुवेदीलाई बर्खास्त गर्दै सरकारले कर्णलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख‍मा कर्णलाई नियुक्त गर्नेछन्।

भण्डारीले सोमबार बिहानै झिसमिसेमै मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्त गरेकी थिइन्।

उनले मुख्यमन्त्रीको दाबीको लागि आह्वान नै नगरी यादवलाई महोत्तरीको बर्दिवासको पानस होटलमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्। उनको यादवलाई ठूलो दलको हैसियतमा नियुक्ति गरेको बताएकी छन्।


प्रतिकृया दिनुहोस्