Skip

Hamro Sanchar

मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २४ गते


जनकपुरमा । मधेस प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेस सरकार गठनविरुद्ध रक्कीप्रसाद साह र सुजित यादवले रिट दायर गरेका हुन्।

मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको हो।

‘सरकार गठन प्रक्रियाका लागि संविधानको धारा १६८ को उपधारा २ जीवित हुँदाहुँदै पनि प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारीले काननु नै मिचेर धारा १६८ को उपधारा ३ मा टेकेर सरकार गठन गरेको विषयमा त्यसको बर्खीलाप रिट निवेदन दायर गरेको हो,’ रक्कीप्रसाद साहले भनेका छन्।

उनले यस विषयमा सर्वोच्च अदालतले सकारात्मक र संविधान रक्षाको निर्णय गर्नेमा आफूहरू आशावादी रहेको समेत बताए।


प्रतिकृया दिनुहोस्