Skip

Hamro Sanchar

एमालेमा विद्रोह गरेर ठूलो भूल गरेछु : किसान श्रेष्ठ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २४ गते


काठमाडौं । नेकपा एमालेमा समाहित भएका नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेबाट विद्रोह गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो भूल हुन पुगेको बताएका छन् ।

सोमबार एमालेले आयोजना गरेको घर फर्क अभियानमा आफू समाहित भएपछि गरेको सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामीजस्ता पार्टीमा फर्कनका लागि आउनुभएका साथीहरूको जीवनको सबैभन्दा सत्य क्षण हो । विगतमा विभिन्न कारणले हामी पार्टीमा विग्रहमा लागेका थियौं,’ उनले भने, ‘यो हाम्रो जीवनकै सबैभन्दा ठूलो भूल भयो । यो समयले पनि बताएको छ ।’उनले पुनस् जनताको भरोसा जित्नेगरी लाग्ने पनि दाबी गरे ।

‘हामी फेरि जनताको भरोसा जित्नेछौं । हामी फेरि राष्ट्र निर्माणको अग्रपंक्तिमा रहनेछौं । आज हामी हृदयबाट भन्न चाहन्छौं, यो फर्काइ केवल राजनीतिक निर्णय होइन । यो जनताको बीच फर्कने यात्राको सुरुवात हो,’ उनले भने ।

आज केही सयको संख्यामा अभियानमा जोडिएको भए पनि देशभर आफूजस्ता बाटो बिराएकाहरू पुनस् एमालेमा फर्कने दाबी गरे । ‘म विश्वास दिलाउन चाहन्छु यो अभियानको सुरुवातबाट देशभरी किसान श्रेष्ठजस्ता बाटो बिराएका कमरेडहरू यो अभियानमा जोडिनु हुनेछ,’ उनले भने ।


प्रतिकृया दिनुहोस्