Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनको मूल्य आज उच्च वृद्धि, चाँदी पनि महँगियो कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २४ गते


Advertisement

काठमाडौं । आज सुनचाँदीकै मूल्य बढेको छ। गएको बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्य आज पनि बढेको हो।

सुनको मूल्य आज तोलामा दुई हजार नौसय रुपैयाँ बढेर दुई लाख ४१ हजार पाँचसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेर दुई लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको थियो।

गएको बिहीबार र शुक्रबार सुनको मूल्य तोलामा ६–६ सय रुपैयाँ बढेको थियो।

गएको असोज ३१ गते सुनको मूल्य दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ५० रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


प्रतिकृया दिनुहोस्