Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमाले नेता पासाङ शेर्पा कारागार चलान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १९ गते


काठमाडौं । बहुविवाहको मुद्दामा नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा कारागार चलान भएका छन्।

अदालतबाट दोषी ठहर भएका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार पक्राउ गरेको थियो।

बुधबार अदालतमा उपस्थित गराइएको र सजाय भुक्तानका लागि डिल्लीबजार कारागार चलान भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।

ताप्लेजुङ घर भएका शेर्पा एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत हुन्।

श्रीमतीले बहुविवाहको मुद्दा हालेपछि उनलाई २०७९ मा जिल्ला अदालतले एक वर्ष कैद र ५ हजार रुपैयाँ जरीवाना तोकेको थियो।

त्यसविरुद्ध उच्च अदालत पुगेका शेर्पालाई उच्चले पनि जिल्लाकै फैसला सदर गरेको थियो।


प्रतिकृया दिनुहोस्