
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । आज बिहान पूर्वप्रधानमन्त्रीद्वयबीच भेटघाट भएको हो ।
भेटमा खनालले आफ्नी जीवनसंगिनी रविलक्ष्मी चित्रकारको उपचारको सिलसिलामा देखाएको सद्भावप्रति धन्यवाद दिएका थिए ।
खनालका प्रेससहयोगी मिलन उपाध्यायका अनुसार वर्तमान राजनीतिक अवस्थाको बारेमा पनि छलफल भएको हो ।
माओवादी र एकीकृत समाजवादीको एकतामा नजाने घोषणा गरेका खनाल मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगेका थिए । एमालेका नेताहरूका अनुसार वार्ता सरकारात्मक रहेको छ ।


















