Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

केपी ओली र झलनाथ खनालबिच भेटवार्ता

रामकुमारीको समुहले पत्रकार सम्मेलन गर्ने  :  एमालेमा फर्कदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १९ गते


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ।

अध्यक्ष ओलीको निवास गुण्डुमा मंगलबार भएको भेटवार्तालाई एमाले नेताहरूले सकारात्मक भनेका छन्।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भेटवार्ता सकारात्मक भएको दाबी गर्दै खनालकै नेतृत्वमा एकीकृत समाजवादीको एक समूह एमालेमा फर्किने घोषणा हुने सम्भावना रहेको बताएका छन्। नेता बस्नेतका अनुसार नेतृ रामकुमारी झाँक्री, पूर्वसांसदहरू किसान श्रेष्ठ, अम्बरबहादुर थापा लगायतका नेता-कार्यकर्ताहरू एमालेमा फर्किने तयारीमा छन्।

यस समूहमा नेताहरू गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राई लगायतका नेता तथा कार्यकर्ताहरू पनि रहेको नेता बस्नेतले जानकारी दिएका छन्।

यता, नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिए ।

पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् ।


प्रतिकृया दिनुहोस्