Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

माओवादी र नेकपा एसबीच एकतापछिको नाम नेपाली कम्युनिष्ट पार्टी हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १८ गते


काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न (कम्युनिस्ट घटकबीचको एकतापछिको नाम नेपाली कम्युनिष्ट पार्टीु हुने भएको छ।

मंगलबार पार्टी एकतासम्बन्धी निर्णयलाई अनुमोदन गर्न बसेको माओवादीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको नामबारे जानकारी दिएका हुन्।

यसअघि एकतापछि पार्टीको चुनाव चिह्न पाँचकुने तारा हुने भए पनि नाम टुंगो लागि सकेको थिएन। ‘नेपाली कम्युनिस्ट पार्टी रहने छ,’ सापकोटाले भने, ‘चुनाव चिह्न पाँचकुने तारा हुनेछ। आजको बैठकले यसलाई अनुमोदन गरेको छ।’

उनले बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्बोधनमा राष्ट्रिय मुक्तिका लागि आधार तयार भएको बताएको जानकारी दिए। त्यस्तै माओवादी परित्याग गरि नयाँ अभियान घोषणा गरेका जनार्दन शर्माको सम्बन्धमा अझै पनि विचार गर्न आग्रह गरेको उल्लेख गरे।

त्यस्तै झलनाथ खनाल, भीम रावल, घनश्याम भूसालहरुसँग पनि संवाद भइरहेको प्रचण्डले बैठकमा जानकारी गराएका थिए


प्रतिकृया दिनुहोस्