Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पूर्वराष्ट्रपति भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १८ गते


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिएकी छन् ।

जेनजी आन्दोलनका क्रममा निवासमा भएको आगजनीका क्रममा सक्कल नागरिकता जलेर नष्ट भएपछि उनले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि लिएकी हुन् ।

नागरिकताको प्रतिलिपि लिन भण्डारी आफैँ बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएकी थिइन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन भण्डारीको निवासमा अज्ञात समूहले तोडफोड र आगजनी गरेको थियो ।


प्रतिकृया दिनुहोस्