
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ मा अवस्थित एलुङ रि हिमालमा गएको हिमपहिरोमा परी सात जनाको मृत्यु भएको छ ।
सोमबार बिहान १० बजेतिर गएको हिमपहिरोमा पाँच विदेशी र दुई नेपालीसहित सात जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार, अन्य पाँचजना घाइते भएका छन् ।
सशस्त्र प्रहरीका अनुसार, विदेशी र नेपाली नागरिकसहित १२ जनाको समूह यलुङ रि गो हिमाल ९५,६३० मिटर० आरोहणका लागि गएको थियो ।
सशस्त्र प्रहरीका अनुसार, सोमबार साँझ सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट ९बीओपी० लामाबगर, नेपाली सेना र नेपाल प्रहरीको गरी ५० जनाको संयुक्त सुरक्षा फौज घटनास्थलतर्फ खटिएको छ ।
यसअघि, आरोहण दलमा १५ सदस्य रहेको भनिएको थियो । तर, सशस्त्र प्रहरीले कुल १२ जनामात्र आरोहण दलमा रहेको बताएको छ ।


















